शुक्रबार, भदौ १२, २०८३

भारतमा अनलक–४ : सेप्टेम्बर ७ देखि मेट्रो रेल चल्ने

काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ।

केन्द्रीय गृह मन्त्रालयले अनलक–४ को दिशानिर्देश जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सुरु गर्ने अनुमति दिएको छ।

स्कुल, कलेज तथा अन्य सबैखाले शैक्षिक संस्था भने बन्द नै रहनेछन्।

सामाजिक काम, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक कार्यक्रम २१ सेप्टेम्बरदेखि गर्न अनुमति दिइएको छ। तर, यस्ता कार्यक्रममा बढी एक सय जनामात्र सहभागी हुन पाउनेछन्। सहभागीले मास्क अनिवार्य लगाउनु पर्नेछ, दूरी कायम गर्नु पर्नेछ र थर्मल स्क्रिनिङ जरुरी छ।

सिनेमा हल, स्विमिङ पुल, थिएटर सेप्टेम्बर ३० सम्म बन्द रहनेछन्। अन्तर्राष्ट्रिय हवाई उडानमा पनि सोही मितिसम्म प्रतिबन्ध लगाइएको छ।

प्रकाशित: Aug 29, 2020| 21:40 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।