शुक्रबार, भदौ १२, २०८३

भारतबाट आउँदै गरेका व्यक्तिको धनगढीमा मृत्यु

भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

धनगढी- भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा आइपुग्दा बेहोस भएका थिए।

क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Aug 29, 2020| 18:55 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।