शुक्रबार, भदौ १२, २०८३

४२ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा मुलुकका ४२ जिल्लाका २४२ महिला र ६४२ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ४२ जिल्लाका २४२ महिला र ६४२ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।

आज पनि सबैभन्दा बढी काठमाडौंमा संक्रमितको संख्या उच्च छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा एक, झापामा २० र धनकुटामा १९ जना संक्रमित थपिएका छन्। यस्तै मोरङमा ३१, संखुवासभामा तीन र सुनसरीमा २४ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

आज पनि प्रदेश २ का आठै जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार धनुषामा ४९, पर्सामा ७३, बारामा २१ र महोत्तरीमा २६ जना संक्रमित थपिएका छन्। यस्तै रौतहटमा पाँच, सप्तरीमा दुई र सर्लाहीमा ८३ जनामा संक्रमण भएको छ। सिरहामा भने २२ जनामा संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंमा १५५, काभ्रेमा १९ र चितवनमा ५७ जना संक्रमित थपिएका छन् भने दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

गण्डकी प्रदेशमा कास्कीमा तीन, नवलपरासी पूर्वमा २३ र लमजुङमा २९ जना संक्रमित थपिएका छन्।

प्रदेश ५ का कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा संक्रमण भएको छ।

कर्णाली प्रदेशका जाजरकोट, जुम्ला, दैलेख र रुकुमपश्चिममा एक एक जना तथा सुर्खेतमा १० जनामा कोरोना भाइरस संक्रमण भएको छ।

सुदूरपश्चिमका कञ्चनपुरका १७, कैलालीका १९, दार्चुलाका तीन, बझाङका २६ र बैतडीका २१ जनाका कोरोना भाइरस संक्रमित थपिएका छन्।

यसरी शनिबार ८८४ जनामा काेराेना संक्रमण भएकाे मन्त्रालयकाे विवरणमा उल्लेख छ।

प्रकाशित: Aug 29, 2020| 16:50 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।