शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट आज १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।

जसमध्ये ३ महिला र ९ पुरुष छन्। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ। मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षीया एक महिला र भक्तपुरकी ६२ वर्षीया एक महिला छन्।

त्यस्तै पर्सा ३९ र ४८ वर्षीय २ पुरुषको मृत्यु भएको छ। ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सिराहामा ८४ वर्षीय एक पुरुष, गोर्खामा ३८ वर्षीय एक पुरुष, कास्कीमा ५८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

यस्तै काठमाडौंमा ८४ वर्षीय एक पुरुष र भक्तपुरमा ८२ एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेदर शुन्य दशमलब ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 29, 2020| 16:50 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।