धनगढी- सुदूरपश्चिमका प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टको भान्सेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परीक्षणमा मुख्यमन्त्रीको खाना पकाउने २८ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो।
यसअघि मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण भेटिएको थियो।
चालकमा कोरोना संक्रमण भएपछि मुख्यमन्त्री भट्ट सहित ८३ जनामा गरिएको कन्ट्याक्ट ट्रेसिङमा भान्से महिलाबाहेक सबैको रिर्पोट नेगेटिभ आएको थियो।