शुक्रबार, भदौ १२, २०८३

आज ८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष छन्।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष छन्।
यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हालसम्म २० हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्, यो ५५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ। जसमध्ये ६ हजार ४४५ जना होम आइसोलेसन र १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल विभिन्न क्वारेन्टिनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 29, 2020| 16:25 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।