विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९ र संखुवासभामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको छ।
विराटनगरमा शनिबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैँचामा १ महिला १ पुरुष, बेलबारी र सुनवर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ।
प्रदेश १ मा शनिबार ९ जना डिस्चार्ज भएका छन्। झापा मेचीनगरको धाईजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ।
प्रदेश १ मा शनिबार १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ।