शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा.केसीलाई हिँड्डुलमा रोक लगाएको प्रति चिकित्सक संघको आपत्ति

डा.केसीलाई हिँड्डुलमा रोक लगाएको प्रति चिकित्सक संघको आपत्ति

नेपाल चिकित्सक संघले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीलाई सरकारले हिँड्डुलमा रोक लगाएको प्रति चिन्ता व्यक्त गरेको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीलाई सरकारले हिँड्डुलमा रोक लगाएको प्रति चिन्ता व्यक्त गरेको छ।

संघले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिड्डुल गर्न रोक लगाउन सुरक्षाकर्मी परिचालन गरिएको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियान्ता डा. केसी कोभिड–१९ को संक्रमणको समयमा समेत नेपालको दुर्गम स्थानमा गई त्यहाँका जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरेकोमा सरकारले अमानवीय व्यवहार गरी उनलाई हिड्डुलमै रोक लगाएको संघको आरोप छ।

डा. केसी हाल जुम्ला जिल्लामा छन्। उनी लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको अभियान चलाउँदै आएका छन्।

Image may contain: text

प्रकाशित: Aug 29, 2020| 15:10 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।