शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युएईबाट पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएपछि छानबिन समिति गठन

युएईबाट पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएपछि छानबिन समिति गठन

सरकारको निर्णयविपरित एयर अरेबियाले युएईबाट पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएको विषयमा सरकारले छानबिन समिति गठन गरेको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- सरकारको निर्णयविपरित एयर अरेबियाले युएईबाट पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएको विषयमा सरकारले छानबिन समिति गठन गरेको छ।

भदौ ९ गते मंगलबार युएईको सारजहाँबाट काठमाडौं आएको एयर अरेबियाको जहाजले १ सय ६१ नेपाली ल्याएकोमा १९ जना पीसीआर रिपोर्ट नभएका थिए।

एउटै जहाजमा पीसीआर रिपोर्ट भएका र नभएका यात्रु मिसाएर ल्याउन नपाइने सरकारी निर्णयविपरित एअर अरेबियाले यात्रु ल्याएपछि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

यसबारे छानबिनका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति शुक्रबार गठन गरेको छ।

समितिमा एक जना मन्त्रालयका प्रतिनिधि र एक जना क्यानका प्रतिनिधि छन्। पीसीआर रिपोर्ट नभएकाहरुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन गर्न समस्या भएको थियो।

समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्ने जनाइएको छ। सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ।

पीसीआर रिपोर्ट नभएका यात्रुको सम्पूर्ण होटल क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले निर्णय गरेको छ।
पीसीआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय सरकारले गरेको थियो।

कतार, साउदी अरब र कुवेतलगायत पीसीआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने गत भदौ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो।

पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने निर्णय पनि सरकारले गरेको छ।

पीसीआर रिपोर्ट हुनेले सिधै घर जना पाउने तथा रिपोर्ट नहुनेले काठमाडौंमा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ।

प्रकाशित: Aug 29, 2020| 15:00 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।