शुक्रबार, भदौ १२, २०८३

धान गोडमेल गर्ने समय भइसक्यो, मल छैन

दमौली- कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

दमौली- कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् ।

व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उनले भने, “मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।” ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको उनले बताए ।

“कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन”, पौडेलले भने । हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उनको भनाइ छ । “अब चाहिएको बेला नपाइएपछि कृषकहरुलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ”, उनले भने । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।

भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताए। जताततै मलको खोजीका लागि भौंतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । “मलाई सात केजी मात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन”, उनले भने ।

यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइएपछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले शहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइएपछि कृषकहरुले जतिसक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर पन्थले बर्षेनी मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिए। “दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया शुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन,” उनले भने । उनले प्रक्रिया पुर्याएर मल आइपुग्न अझै बढीमा पाँच महिनासम्म लाग्न सक्ने बताए ।

लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डिएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।
रासस

प्रकाशित: Aug 29, 2020| 14:22 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।