पर्सा- काठमाडौंका एक, प्रदेश नम्बर २ का जनकपुर, बारा, सर्लाही, महोतरीका १८ जना र पर्साका ३१ जना गरी नारायणी अस्पतालको पिसिआर ल्याबले ५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएको जनाएको छ।
अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार संक्रमित हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ३ र ४ का २ महिला सहित १० जना, वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका १४ जना छन्।
यसैगरी पर्साको ग्रामीण भेगको कालिकामाई गाउँपालिकामा ३ जना, पथरैया र गडियानीका एक एक जना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको पिसिअआर ल्याबले गरेकोे परीक्षणमा बाराका ८, जनकपुर र महोतरिका ३, ३ जना, सर्लाहीका २ जना र काठमाडौंका १ जना संक्रमित फेला परेको अस्पतालका चिकित्सक तथा प्रवक्ता डा. अतुलेश चौरसियाले बताए