काठमाडौं- जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार मध्यरातबाट लागू हुने गरेर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। २१ भदौ मध्यराति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
जिल्लामा संक्रमणको स्थितिलाई मध्यनजर गरेर थप संक्रमण फैलिन नदिन रोकथाम, नियन्त्रण तथा उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यवसाग सञ्चालन गर्न पाइने छैन। औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरवाहिन निस्कन पाइने छैन।