काठमाडौं- चितवनमा एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन्।
गोरखाकी एक कोरोना संक्रमित महिलाले भरतपुर अस्पतालमा शल्यक्रियाबाट जुम्ल्याहा शिशुलाई जन्म दिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा( रामप्रसाद सापकोटाले जानकारी दिए। आमा र बच्चाको अवस्था सामान्य रहेको सापकोटाले बताए।
गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवती भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको सापकोटाले जानकारी दिए।
भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो।