पर्सा- वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक पुरूषको कोरोना संक्रमणले मृत्युु भएको छ। पहिल्यैदेखि एचआईभी पोजेटिभ ३५ वर्षिय ती युवकलाई शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो।
उनलाई स्वासप्रस्वासमा समस्या देखिनुका साथै ज्वरो, रूघाखोकी र निमोनियाको लक्षण देखिएको नारायणी अस्पतालका चिकित्सक डा. अतुलेश चौरसियाले बताए।
भर्नालगत्तै भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको हिजो राति मृत्युु भएको हो। योसँगै पर्सामा ३५ जनाको कोरोना संक्रमणले मृत्युु भइसकेको छ ।