शुक्रबार, भदौ १२, २०८३

रानीपोखरी पुनःनिर्माण अन्तिम चरणमा

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ। गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ। गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन। निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ। अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

गत जेठको पहिलो सातादेखि नै निर्माणको काम शुरु गरिए पनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको सङ्ख्यामा मात्र कामदारले काम गरिरहेका छन्।
हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ। बन्दाबन्दीअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए। हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन्।

गत साउनको दोस्रो साता नै पोखरी निर्माण सम्पन्न भइसकेको थियो। त्यसमा पानी राख्न केही समय लाग्नेछ। अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ। दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । दीर्घकालीन रुपमा ती पोखरीमा पानी कहाँबट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

“रानीपोखरी आसपासबाट बोरिङ्मार्फत पानी ल्याउने तयारी भएपनि स्थानीय र सम्पदा विज्ञहरुको अवरोधले काम अघि बढाउन सकिएको छैन्”, उनले भने, “अब मेलम्चीको पानी राख्ने तयारी छ । त्यसका लागि केही समय कुर्नुपर्छ ।”

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण केही समय ढिला भएपनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दावी छ ।

सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । प्राधिकरणले मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात ने सं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० )विसं १७२७ र ईसं १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाइएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर,उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
रासस

 

प्रकाशित: Aug 29, 2020| 06:10 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।