शुक्रबार, भदौ १२, २०८३

६४९ वटा स्थानीय तहमा अस्पताल नै छैन

देशभरका ७६१ वटा स्थानीय तहमध्ये ६४९ वटामा अस्पताल नै छैन। ११२ वटा स्थानीय तहका जनतामात्र अस्पताल सेवाको पहुँचमा छन्।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- देशभरका ७६१ वटा स्थानीय तहमध्ये ६४९ वटामा अस्पताल नै छैन। ११२ वटा स्थानीय तहका जनतामात्र अस्पताल सेवाको पहुँचमा छन्।

कोरोना भाइरस महामारीले उग्र रुप लिन थालेपछि बल्ल सरकारले सबै स्थानीय तहमा अस्पताल खोल्ने कदम चालेको छ। स्वास्थ्य मन्त्रालयले हिजो शुक्रबारमात्र स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन भन्दै सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ।

अस्पताल नभएका ६४९ स्थानीय तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक औजार र उपकरण खरिदका लागि रु. ६४ करोड निकासा भएको छ।

यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन्। यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ।

प्रकाशित: Aug 29, 2020| 05:43 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।