शुक्रबार, भदौ १२, २०८३

‘सञ्चारकर्मीको जागिर र तलबको ग्यारेण्टी गर’

नेपाल प्रेस युनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न बाहनामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

पोखरा- नेपाल प्रेस युनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न बाहनामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

११ वटै जिल्लाका युनियन कर्मीहरुको भर्चुअल भेलापछि पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानवीय र मिडिया मालिकको मनपरी भएको आरोप लगाएको छ।

‘लकडाउनलाई देखाएर नियमित तलब नदिनु गलत छ। कुनै पनि बाहनामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा बस्न बाध्य पारिएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,’ भेलापछि जारी अपिलमा भनिएको छ, ‘जागिर गुमाएका वा जागिर छोड्न बाध्य बनाइएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीहरुको जागिर र तलब तत्कालै ग्यारेण्टी गर्न सम्बन्धित सञ्चारमाध्यमसँग नेपाल प्रेस युनियन गण्डकी प्रदेश जोडदार माग गर्दछ।’

पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकारी समन्वय गर्न नसकेको भन्दै युनियनले रिपोर्टिङमा निस्किने पत्रकारलाई सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गरेको छ। पत्रकारिता पेशाप्रति प्रदेश र स्थानीय सरकार अनुदार भएको युनियनको आरोप छ। ‘पत्रकारिता पेशाप्रतिको निर्मम संकट समाधानका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछ,’ अपिलमा भनिएको छ, ‘सबैजसो क्षेत्रमा सरकारले सहुलीयत दिइरहेको अवस्थामा मिडियाको संरक्षणमा सरकारको सहयोग पुगेको छैन।

सबैखाले सञ्चार माध्यमलाई सहुलीयत ऋण वा लोककल्याणकारी विज्ञापनको अवधारणा अनुसार प्रदेश र स्थानीय सरकारले सहयोग गरोस्।’
५ बुँदे अपिलमा जोखिममा रहेका पत्रकारको सहज पिसिआर गर्न र संक्रमण पुष्टि भएकाको उपचारमा सहयोग गर्न सरकारसँग माग गरिएको छ भने पत्रकारलाई पेशामै टिकाईराख्न लेखनबृत्ति र तालिम लगायनका कार्यक्रम सञ्चालन गर्न पत्रकार महासंघसँग आग्रह गरेको छ।
कोरोनाको असर नियमित थपिँदै गएको र पत्रकारिता पेशामा गम्भिर संकट आएकोले त्यसको निराकरणका लागि आवाज बुलन्द गरिएको युनियनका प्रदेश संयोजक प्रदीप काफ्लेले बताए।

‘धेरै साथीको जागिर गैसक्यो। भैरहेकाहरुको पनि ग्यारेण्टी छैन। तलब खान पाएका छैनन्,’ उनले भने, ‘यस्तो जटिल अवस्थामा पनि सरकार चुपचाप छ। पेशागत संघ संगठनहरुले आवाज उठाएका छैनन्। सरकार र सरोकारवालाको ध्यानाकर्षणकै लागि यो अपिल गरिएको हो।’ बैठकले पत्रकार स्व. बलराम बानियाँको मृत्युप्रति श्रद्धान्जली ब्यक्त गरेको छ।

बैठकलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको चुनावको तयारी गर्न सबैलाई निर्देशन दिए। उनले प्रेस युनियनको महाधिवेशनको तयारी पनि भैरहेको सुनाए। ‘यो समितिको कार्यकाल लामो भैसक्यो। अब धेरै पर सार्नु हुन्न,’ उनले भने,

‘कसरी हुन्छ महाधिवेशन गर्नुपर्छ। ब्यालेटबाट गर्ने वा डिजिटल गर्ने भन्ने सल्लाह भैरहेको छ।’
बैठकमा १० वटा जिल्लाका प्रेस युनियन र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले जिल्लागत विवरण प्रस्तुत गरेका थिए। नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली लगायतले प्रेस युनियनको सक्रियतामा ख्याल गर्न सुझाए।

बैठकको सञ्चालन युनियनका साविक गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए भने केन्द्रीय सचिव केबी रानाले धन्यवाद दिएका थिए।

प्रकाशित: Aug 28, 2020| 20:45 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।