शुक्रबार, भदौ १२, २०८३

पोखरा- २३ का वडा सदस्य भण्डारी अपहरण मुद्दामा पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य भरतराज भण्डारी अपहरण मुद्दामा पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य भरतराज भण्डारी अपहरण मुद्दामा पक्राउ परेका छन्।

स्थानीय माधव सापकोटाको अपहरण मुद्दामा निलगिरी नेश्नल जोइन्ट भेन्चरका बसन्त लामा (ठेकेदार) सहित पोखरा २३ कै रामु भण्डारी र वडा सदस्य भण्डारी बिहीबार पक्राउ परेका हुन्।

यस विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले बताए। ‘सापकोटा बस्ने फ्ल्याट नजिकै अपहरण गरी राखेका रहेछन्। अहिले उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट अनुमति लिएर म्याद थप गरी घटनाको अनुसन्धान सुरु गरिएको छ।’ डिएसपी ढकालले नेपाल समयलाई भने।

सापकोटालाई घर नजिकै खहरे खोलास्थित निर्माणधीन पुलबाट अपहरण गरेको कास्की प्रहरीले जानकारी दियो।

सापकोटालाई अपहरण गरी कारमा राखेर पोखरा २३ मै रहेको ठेकेदार लामाको फ्ल्याटमा थुनी राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

प्रकाशित: Aug 28, 2020| 20:31 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।