शुक्रबार, भदौ १२, २०८३

वीरगन्जमा थप एक साता निषेधाज्ञा

वीरगन्जमा थप एक साताका लागि निषेधाज्ञा लगाइएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

पर्सा– वीरगन्जमा थप एक साताका लागि निषेधाज्ञा लगाइएको छ।

शनिबारदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा थपिएको हो।
साउन १९ गतेदेखि जिल्लाभरि लगाइएको निषेधाज्ञा भने खुकुलो पारिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

वीरगन्जबाहेका भदौ १९ गतेपछि लकडाउन खुले पनि जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

बैठकले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने, शैक्षिक संस्था, सैलुन, ब्युटिपार्लर, जिमखाना, पुस्तकालय लगायत बन्द रहने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

१९ गतेपछि तीनतीन दिन सडकको देब्रे र दाहिनेतर्फका पसल सञ्चालन गर्न पाइनेछ। यस्तै मास्क नलगाईकन हिँड्न पाइँदैन।।

पर्सामा ५७ जना संक्रमित थपिए

पर्सामा कोरोना भाइरसबाट १७ महिलासहित थप ५७ जना संक्रमित भएका छन्।

संक्रमण हुनेमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका नौजना थुनुवा, वीरगन्ज महानगरपालिका–११ का ६ जना, १५ का पाँच जना, १६ का तीन जना, वडा नम्बर २ कालिकामाई गाउँपालिका वडा नम्बर २ र नेसनल मेडिकल कलेजका दुई दुई जना छन्।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ८, १४, २१, २५, २७ र पर्सागढी नगरपालिका वडा नम्बर ७ र ८ का एक एक जना संक्रमित थपिएका छन्।

प्रकाशित: Aug 28, 2020| 19:05 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।