शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमणमुक्त

नेपालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमणमुक्त

नेपालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमितहरु संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- नेपालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमितहरु संक्रमणमुक्त भएका छन्।

गम्भीर अवस्थामा पुगेका २० जना संक्रमितहरुलाई प्लाज्मा थेरापीले उपचारमा सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त भएका ४२ जना व्यक्तिले प्लाज्मा दान गरेका छन्। गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ बाट गर्नका लागि उनीहरुले रक्तदान गरेका हुन्।

गौतमका अनुसार अहिलेसम्म ग्राण्डी अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रादेशिक अस्पताल बुटवल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ४२ जनाले प्लाज्मा दान गरेका हुन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरी अध्ययन गर्नका लागि १५ वटा अस्पतालहरुलाई सूचीकृत गरेको थियो।

के हो प्लाज्मा दान ?

प्लाज्मा कुनै पनि मानिसको रगतबाट निकालिने रगतको पँहेलो खण्ड हो।

कोरोना संक्रमितलाई प्लाज्मा दान गर्न निको भइसकेका कोरोना संक्रमितको रगत आवश्यकता पर्दछ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैँ त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टीबडी बनाउँछ।

एन्टीबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी निको हुन्छन्। निको भएका बिरामीमा एन्टीबडी निर्माण भइसकेकाले उनीहरुले रक्तदान गर्न सकनेछन्।

यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको क्षमता हुन्छ। प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने एन्टीबडी को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्छ।

प्रकाशित: Aug 28, 2020| 18:35 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।