शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७१ जना पत्रकारमा कोरोना संक्रमण, महासंघले भन्यो– स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नू

७१ जना पत्रकारमा कोरोना संक्रमण, महासंघले भन्यो– स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नू

कोरोना भाइरसको संक्रमणबाट नेपालमा ७१ जना पत्रकार संक्रमित भएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट नेपालमा ७१ जना पत्रकार संक्रमित भएका छन्। नेपाल पत्रकार महासंघले हालसम्म ७ मध्ये ६ वटा प्रदेशमा ७१ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण भइसकेको जनाएको छ।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पछिल्लो समय संक्रमणको दर वृद्धि भएसँगै महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको बताएका छन्।

महासंघको अभिलेख अनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै हालसम्म पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।

प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन्। जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना छन्। त्यस्तै प्रदेश २ का पर्सामा १३, बारामा ४, धनुषामा २, सप्तरीमा ३, सर्लाहीमा ३, महोत्तरीमा १ र रौतहटमा १ गरेर २७ जना पत्रकार संक्रमित भएका छन्।

बागमती प्रदेशको काठमाडौंमा ९ र ललितपुरमा २ जना गरेर ११ जनामा संक्रमण देखिएको छ। यसैगरी गण्डकी प्रदेशका कास्कीमा १ र नवलपुरका ७ जना गरेर ८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश नम्बर ५ को बाँकेमा २, बर्दियामा १, कपिलवस्तुमा ६ र रुपन्देहीमा २ गरी ११ जना संक्रमति छन्। त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन्। संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेका छन्।

महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ।

 

प्रकाशित: Aug 28, 2020| 18:29 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।