शुक्रबार, भदौ १२, २०८३

ससुराको पैसा हात पार्न सालोको अपहरण

बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।

ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगन्जका कल्लु भनिने कलिम खाँले सालाको अपहरण गरेका हुन्।

बाँके प्रहरीका अनुसार भदौ ९ गते राति साढे आठ बजे मोहर्रम हेर्न गएका बेला नेपालगन्ज–१६ का खाँले १३ वर्षीय साला इसहाक जाकिर भनिने इन्तजार खाँलाई अपहरण गरेका थिए।

बाँकेका एसपी ओमबहादुर रानाले भदौ १० गते जग्गा किन्ने तयारीमा रहेका ससुराले चार लाख ८५ हजार देखाएपछि कलिमले उक्त रकम हात पार्न सालाको अपहरण गरेको जानकारी दिए।

भोलिपल्ट १० गते घरपरिवारले प्रहरीलाई खबर गरेपछि ११ गते बालकको उद्धार गरिएको थियो।

कलिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘सालालाई अपहरण गरेर कलिमले आफ्नै घरमा राखेका रहेछन्’, रानाले भने, ‘सालालाई घरमा राखेर ससुरालीमा १० लाख रुपैयाँ फिरौती मागेका थिए।’

प्रहरीले खोजतलास गरिरहेको थाहा पाएपछि नाबालकलाई आफ्नो घरबाट बुढिया गाउँस्थित बालकको फुपूको घरमा छोडेको प्रहरीले जनाएको छ।

प्रहरीले कलिमले प्रयोग गर्ने भे४प २३४४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरको दफा २१३ बमोजिम सात वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख सम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

प्रकाशित: Aug 28, 2020| 17:49 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।