शुक्रबार, भदौ १२, २०८३

चितवनमा निषेधाज्ञा एक साता थपियो

चितवनमा एक साता निषेधाज्ञा थप भएको छ। जिल्लाा प्रशासन चितवनले आज एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– चितवनमा एक साता निषेधाज्ञा थप भएको छ। जिल्लाा प्रशासन चितवनले आज एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरी भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने दोस्रो चरणमा साउन ३२ रातिदेखि भदौ ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले भदौ ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरी जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो। अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय गरेको छ।

विहान ५ देखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न दिने निर्णय भएको छ।

 

प्रकाशित: Aug 28, 2020| 17:45 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।