शुक्रबार, भदौ १२, २०८३

देशभर ६ हजार २०२ आइसोलेसन बेड थप

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ। केन्द्र, प्रदेश र पालिकाहरुमा बेडहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

गौतमले केन्द्रका अस्पतालमा १ हजार, प्रदेशमा १ हजार ९५७ तथा ६४९ पालिकामा प्रत्येकमा ५ बेडको दरले ३ हजार २४५ बेड थप गरिएको जानकारी दिए।

यसैगरी मन्त्रालयले थप ३ अस्पताललाई कोभिड अस्पतालको रुपमा सूचिकृत गरेको छ। काठमाडौंको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा सूचीकृत गरिएको प्रवक्ता गौतमले बताए।

प्रकाशित: Aug 28, 2020| 17:43 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।