शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम र नियन्त्रणबारे स्वास्थ्य मन्त्रीको छलफल

कोरोना रोकथाम र नियन्त्रणबारे स्वास्थ्य मन्त्रीको छलफल

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक, स्वास्थ्यकर्मी र शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक, स्वास्थ्यकर्मी र शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्।

मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

छलफलमा स्वास्थ्य मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए।
सबै क्षेत्रका महत्वपूर्ण सुझावहरुले कोरोना महामारीको चुनौती सामना गर्न थप सहज हुने उनको भनाइ छ।

‘काम गर्दै जाने क्रममा केही कमजोरीहरु भएका भए तीनलाई सुधार गरेर अघि बढ्न सकिन्छ,’ उनले भने, ‘बनिसकेको कार्यबिधि वा निर्देशिकामा त्रुटी रहेको छ भने ती विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार छ।’

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए। ‘स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषयमा केही गुनासा आएका छन्’, उनले भने, ‘सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बिमामा विभेद गर्दैन।’

मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी शतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बिमाको व्यवस्था गरिसकेको छ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाईँ कठिन हुने बताए। उनले त्यसका लागि कुनै कन्जुस्याइँ गर्न नहुने धारणा राखे।

नर्सिङ एसोसिएसन मनकुमारी राईले बीमा र जोखिम भत्ताको कुरामा विभेद गर्न नहुने बताइन्। ‘काम गर्दा स्वास्थ्य सामाग्री अभाव भएको छ।

सेवा सुविधामा कन्जुस्याई नहोस्,’ उनले भनिन्, ‘चिकित्सलाई चाहिँ होटलमा राख्ने अरुलाई चाहिँ घरमै जा भन्ने खालको स्थिति नहोस्।’
राष्ट्रिय चिकित्साकर्मी संघका भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सबैले ध्यान दिनुपर्ने भन्दै महामारीको विषम परिस्थिलाई समाजले बुझिदिनुपर्ने बताए।

स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले कोरोनाको संक्रमण भयावह बन्दै गएकाले आइसियु लगायतको जनशक्तिका लागि अहिले नै क्षमता अभिवृद्धिको काम शुरू गर्नुपर्ने बताए।

स्वास्थ्य प्रयोगशालाकर्मी संघका अध्यक्ष राजेन्द्र खड्काले सामाजिक बहिस्कार र अवहेलना गर्ने काम भइरहेको भन्दै त्यस्तो कार्यमा संलग्न हुनेलाई कारबाही हुनुपर्ने बताए।

हिसानका महासचिव लोकबहादुर भण्डारीले आफूहरु संक्रमण रोकथाम र नियन्त्रणमा पूर्ण सक्रिय भएर काम गर्न तयार रहेको बताए। हिसानकै वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले मन्त्रालयसँग समन्वय गरेर सरकारलाई सहयोग गर्न तयार रहेको प्रष्ट पारे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवम् हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरुसँग जनशक्ति रहेको भन्दै राज्यले सदुपयोग गर्न सक्नुपर्ने बताए। महामारीले सबैलाई असर पुर्याउने भन्दै उनले नियन्त्रणका लागि सबैले मिलेर काम गर्नुपर्ने धारणा राखे।

प्रकाशित: Aug 28, 2020| 17:35 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।