शुक्रबार, भदौ १२, २०८३

बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्।

बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन्।

गोप्य सूचनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाइराखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेको हो।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 28, 2020| 17:29 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।