काठमाडौं- कास्की जिल्लामा पनि कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेपछि आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी अघोषित निषेधाज्ञा जारी गरिएको छ।
आगामी भदौ २० गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले यस्तो आदेश जारी गरेको हो।
यो आदेशअनुसार अब अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्। सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ भने निजी सवारी साधान जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्नेछ।
यस्तै स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गराउन निर्देशन दिइएको छ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्वारा जारी आदेशमा कुनै पनि भिडभाड हुने कार्यक्रम गर्न नपाईने, अनिवार्य कामका लागि मात्रै घर बाहिर निस्किन पाइने, सामाजिक दूरी अनिवार्य रुपमा कायम गर्नुपर्ने लगायतका निर्देशनहरु दिइएको छ।
यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
