सोमबार, फागुन १८, २०८२

५ वर्षदेखि फरार कैलालीका दुई जना पुरुष पक्राउ

बहुविवाह र वन मुद्दा लागेर पाँच वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

धनगढी- बहुविवाह र वन मुद्दा लागेर पाँच वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका छन्।

बहुविवाह मुद्दा लागेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय रविकुमार चौधरी र वन मुद्दा लागेका कैलालीकै कैलारी गाउँपालिका–१ का ५२ वर्षीय राजकर्ण कठरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्ला अदालतले चौधरीलाई बहुविवाह मुद्दामा एक वर्ष कैद र २५ हजार जरिवाना सुनाएको थियो भने वन मुद्दाका कठरियालाई पाँच महिना १० दिन कैद र २० हजार जरिवाना सुनाएको थियो।

चौधरीले सजाय भुक्तान नगरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया २०७३ असोज १२ गतेदेखि फरार रहेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

प्रकाशित: Sep 21, 2021| 17:22 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।