शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थपिएका ९२७ संक्रमितमध्ये ५३२ जना बागमती प्रदेशका, देशभर कहाँ कति ?

थपिएका ९२७ संक्रमितमध्ये ५३२ जना बागमती प्रदेशका, देशभर कहाँ कति ?

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको संख्या थपिएको छ। सबैभन्दा बढी काठमाडौंमा ३५० जना संक्रमित भएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको संख्या थपिएको छ।

सबैभन्दा बढी काठमाडौंमा ३५० जना संक्रमित भएका छन्।

आज प्रदेश १ को मोरङमा ४७ जना, प्रदेश २ को रौतहटमा २१ जना र गण्डकी प्रदेशको कास्कीमा १६ जना संक्रमित थपिएका छन्।

प्रदेश ५ को रुपन्देहीमा ७२ जना, कर्णालीको दैलेखमा ११ जना र सुदूरपश्चिमको कैलालीमा ११ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित थपिएका छन्।

प्रदेशका सिन्धुलीमा दुई, भक्तपुरमा ५४, धादिङमा १६, काठमाडौंमा ३५०, काभ्रेमा १७, ललितपुरमा ११, नुवाकोटमा तीन, रसुवामा एक, सिन्धुपाल्चोकमा एक, चितवनमा २६ र मकवानपुरमा ५१ जना संक्रमित थपिएका छन्।

यसरी आज बागमतीमा थपिने संक्रमितको संख्या ५३२ पुगेको छ। देशभर ९२७ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा इलाममा एक, झापामा १५, ओखलढुंगामा एक, पाँचथरमा दुई, संखुवासभामा दुई जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोलुखुम्बुमा एक, सुनसरीमा ४१ र उदयपुरमा एक जना संक्रमित थपिएका छन्।

सप्तरीमा सात, सिरहामा १२, धनुषामा २० र महोत्तरीमा १३ जना संक्रमित थपिएका छन्।

यसैगरी सर्लाहीमा १३, बारामा चार, पर्सामा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

गण्डकीको बाग्लुङ र गोरखामा एक एक जना संक्रमित थपिएका छन् भने लमजुङमा दुई, तनहुँमा चार तथा पूर्वी नवलपरासीमा ११ जना संक्रमित थपिएका छन्।

प्रदेश ५ को कपिलवस्तु, पश्चिम नवलपरासी, अर्घाखाँची र बर्दियामा थप दुई दुई जनामा संक्रमण भएको छ।

दाङमा एक तथा बाँकेमा ३६ जना संक्रमित थपिएका छन्।

कर्णाली प्रदेशका सल्यानमा तीन र जुम्लामा थप ६ जनामा संक्रमण भएको छ।

सुदूरपश्चिमको डोटीमा नौ र कञ्चनपुरमा थप एक जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसरी आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३६ हजार ५४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार १९ छ।

प्रकाशित: Aug 28, 2020| 16:46 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।