शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज ९२७ जनामा कोरोना पुष्टि, हालसम्म २० हजार बढी कोरोनामुक्त

आज ९२७ जनामा कोरोना पुष्टि, हालसम्म २० हजार बढी कोरोनामुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३३४ जना महिला र ५९३ जना पुरुष छन्।

योसहित नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

नेपालमा हालसम्म २० हजार २४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ५६ प्रतिशत छ।

हाल १६ हजार १९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ४४६ जना होम आइसोलेसनमा र ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित हालसम्म ६ लाख ५८ हजार ११० जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा हाल ८ हजार ९३९ जना विभिन्न ठाउँका क्वारेन्टिनमा बसिरहेका मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 28, 2020| 16:28 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।