शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीसीएमसीका कर्मचारीमा कोरोना संक्रमण, दुई मन्त्री सेल्फ आइसोलेसनमा

सीसीएमसीका कर्मचारीमा कोरोना संक्रमण, दुई मन्त्री सेल्फ आइसोलेसनमा

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) एक सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) एक सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेका छन्।

‘केही दिनअघिको सीसीएमसी बैठकमा सहभागी हुनुहुन्थ्यो, कार्यालय सहयोगीमा संक्रमण देखिएपछि आइसोलेसनमा बस्नुभएको छ,’ पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले भने।

उक्त बैठकमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा पनि आइसोलेसनमा बसेका छन्। दुवै मन्त्रीहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ।

नेकपा सचिवालयका सदस्यसमेत रहेका उनीहरु सेल्फ आइसोलेसनमा बसेपछि शनिबारका लागि बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि स्थगित गरिएको छ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि बैठक १८ भदौसम्म स्थगित गरिएको हो।

वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेता नेपाल होम क्वारेन्टाइनमा बसेका थिए। त्यही कारणले ६ भदौमा दुई अध्यक्षबीचको भेटवार्ताले शनिबारका लागि सचिवालय बैठकको मिति तय गरेको थियो।

 

प्रकाशित: Aug 28, 2020| 16:11 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।