शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु, परिवारद्वारा छानविनको माग

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु, परिवारद्वारा छानविनको माग

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

विराटनगर– जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्।

लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको बुधबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थियो।

यादवको मृत्यु शंकास्पद भएपछि आफन्तले कारागारमा कुटपिटपछि हत्या गरिएको आरोप लगाउँदै पोस्टमार्टम गरेर घटनाको सत्यतथ्य छानबिन गर्दै अनुसन्धान अघि बढाएर दोषीमाथि कारबाही गरिनु पर्ने माग गरेका हुन्। मृतकका दाजु देवेन्द्र यादवले चार दिनअघि कारागारमा पैसा पुर्याइदिँदा भाइको अवस्था सामान्य नै रहेको बताए।

मृत्यु शंकास्पद भएकाले छानविन हुनुपर्ने उनको माग छ। कारागारमा भेट्दा सकुशल र स्वस्थ रहेको भाइको एक्कासि मृत्युको खवर आएको उनको भनाइ छ । मृतकका आफन्त विष्णु यादवले कारागारभित्र चरम यातना दिएको आफूहरूले जानकारी पाएको बताए ।

पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारका सदस्यलाई शव जिम्मा लगाइएको छ । उपचारका क्रममा कुनै कैदीबन्दीको मृत्यु भएमा यसअघि पोस्टमार्टम नगरी शव परिवारलाई बुझाउने गरिएको थियो ।

कारागारका जेलर सुवासकुमार लामिछानेले मृतकमा छारे रोगको समस्या रहेको बताए । ‘श्वासप्रश्वासमा एक्कासि समस्या भयो भनेर बेहोस बनेपछि उपचारका लागि लगिएको हो,’ उनले भने, ‘उपचारकै क्रममा मृत्यु भयो ।’

लामिछानेले यातना दिएर मारिएको दाबी आफन्तको रहेका कारण घटनाको छानबिन गर्न कारागार प्रशासनले पोस्टमार्टम रिपोर्ट पर्खिएको बताए । यादवलाई जिल्ला अदालत मोरङले २०७६ फागुन ११ गते नौ महिला १९ दिन कैद र ७८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

घटनापछि मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक सेवा केन्द्र क्षेत्र (इन्सेक) ले पीडित पक्ष र जेलर प्रमुखसँग घटनाका बारेमा जानकारी लिएको छ । इन्सेकका प्रदेश संयोजक सोमराज थापाले पीडितसँग भेटेर घटनाबारे जानकारी लिएको बताए ।

प्रकाशित: Aug 28, 2020| 15:03 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।