शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा विभिन्न बैंकका कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि

पोखरामा विभिन्न बैंकका कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि

कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

पोखरा- कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना विकास बैंक, दीप शाखामा र पोखरा महानगरपालिका- ३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका- १४ का ३५ वर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत रहेको र पोखरा महानगरपालिका- १ का संक्रमित व्यक्ति मोबाइल पसलका सञ्चालक रहेको निर्देशनालयले जनाएको छ।

त्यसैगरी पोखरा महानगरपालिका- ५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत छन्। अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयको भनाइ छ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ।

प्रकाशित: Aug 28, 2020| 14:15 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।