शुक्रबार, भदौ १२, २०८३

नेकपा सचिवालय बैठक १८ गतेका लागि सारियो

सत्तारूढ नेकपाको शनिबार हुने भनिएको सचिवालय बैठक १८ गतेका लागि सारिएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– सत्तारूढ नेकपाको शनिबार हुने भनिएको सचिवालय बैठक १८ गतेका लागि सारिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमदल दाहालबीच दुई घण्टा भएको छलफलमा बैठक सार्ने सहमति भएको हो।

कोरोना भाइरस संक्रमण जोखिमका कारण अध्यक्षद्वय बैठक सार्न सहमत भएको दाहाल निकट स्रोतले जानकारी दियो।

सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि पेस गरिएको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची थियो।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै अध्यक्षले ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।

कार्यदलले ३ भदौमा प्रतिवेदन बुझाएको थियो।

दुई दिन प्रतिवेदन अध्ययन गरेपछि ६ भदौमा अध्यक्षद्वयबीच छलफल भएको थियो। सोही छलफलले १३ भदौमा पार्टीको सचिवालय बैठक बोलाउने सहमति गरेको थियो।

नेकपाभित्रको विवादका कारण असार १० गते सुरु भएको स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।

विवाद समाधानका लागि भएका विभिन्न प्रयास सफल नभएपछि कार्यदल गठन गरिएको थियो।

प्रकाशित: Aug 28, 2020| 14:10 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।