शुक्रबार, भदौ १२, २०८३

मृत्युको ४ दिनपछि कोरोनाको पोजेटिभ रिपोर्ट

उपचारका क्रममा गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएका उदयपुरका ५१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– उपचारका क्रममा गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएका उदयपुरका ५१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पेशाले शिक्षक ती पुरुषको ४ मृत्यु भएको दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपाली सेनाले शव व्यवस्थापनका लागि लगेको जानकारी दिए। चार दिनसम्म कोरोना रिपोर्ट नआउँदा परिवारलाई मृत्यु संस्कारमा अप्ठ्यारो परेको थियो।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ९ गते मंगलबार त्रिविमा भर्ना भएका त्रियुगा नगरपालिका–४ का पुरुष हस्पिटलमा भर्ना भएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको थियो।

रिपोर्टमा ढिलाइ हुँदा उनले जिल्लामा उपचार गरेका ठाउँ, भेट्न आएका आफन्त र अध्यापन गर्ने विद्यालय परिवार अति जोखिममा रहेको एक जना आफन्तले बताए।

प्रकाशित: Aug 28, 2020| 13:46 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।