शुक्रबार, भदौ १२, २०८३

झारफुक गर्ने बहानामा बलात्कार, पुजारी पक्राउ

झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको एक मन्दिरका पुजारी पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काडमाडौं- झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको एक मन्दिरका पुजारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमद छन्।

महमदले झारफुक गर्ने बहानामा ३० वर्षीया र २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटीमा बोलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ।

आरोपित महमदलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 28, 2020| 13:38 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।