शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन

पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन

रौतहट हनुमान मन्दिरका पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– रौतहट हनुमान मन्दिरका पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।

घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै शुक्रबार दिउँसो प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले उनीहरूलाई दरबारमार्ग चौकीमा राखेको छ।

बर्तौलाले पक्राउ परेका विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्न माग पनि गरेका छन्।

प्रकाशित: Aug 28, 2020| 13:38 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।