शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट १२ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या १९१ पुग्यो

कोरोनाबाट १२ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या १९१ पुग्यो

पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरानमा ३ जना, चितवनमा २, मोरङ एक, भक्तपुरमा एक र रुपन्देहीमा एक जनाको मृत्यु भएको हो ।

बिहीबार राति र शुक्रबार बिहान गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीजना कोरोना संक्रमितको बिहान मृत्यु भएको छ।

झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय पुरुष र मोरंगको बेलबारी नगरपालिका ५ का ५६ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।

यस्तै सिरहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

यस्तै चितवनमा भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ।

त्यस्तै मोरङमा सिरहाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणबाट भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरकी एक ६२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ । अस्पताल लैजादैँ गर्दा उनको बिहीबार राति बाटोमा मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्युु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ ।

बिहीबार अपरान्ह स्वास्थ्य मन्त्रालले पत्रकार सम्मेलनका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको जनाएको थियो ।

प्रकाशित: Aug 28, 2020| 12:53 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।