शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी गणमा ११२ जनाको पीसीआर गर्दा ४९ लाई कोरोना संक्रमण

सशस्त्र प्रहरी गणमा ११२ जनाको पीसीआर गर्दा ४९ लाई कोरोना संक्रमण

बारास्थित सशस्त्र प्रहरी बलको गणमा कार्यरत ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– बारास्थित सशस्त्र प्रहरी बलको गणमा कार्यरत ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ११२ जनाको स्वाब परीक्षण गरिएकोमा ४९ जनालाई संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ।

पर्साका विभिन्न नाका क्षेत्रमा खटिएर पिलुवास्थित गणमा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।

उनीहरुको भदौ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए। संक्रमण देखिएका प्रहरीमा सामान्य लक्षण समेत नरहेको उनले जानकारी दिए।

योसँगै बारामा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ। संक्रमितमध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र ३ सय ५० जना घरमा आइसोलेट भएर बसेका छन्।

संक्रमितमध्ये २९५ जना संक्रमणमुक्त भइसकेका छन् भने हालसम्म मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 28, 2020| 12:06 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।