शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी नियन्त्रणमा रहेका दुई युवाको निधनबारे छानबिन गर्न नेविसंघको माग

प्रहरी नियन्त्रणमा रहेका दुई युवाको निधनबारे छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा रहेका दुई युवाको मृत्युका सम्बन्धमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा रहेका दुई युवाको मृत्युका सम्बन्धमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार विज्ञप्ति जारी गरी प्रहरी हिरासतमै रहेका युवाको मृत्यु भएकाले घटना शंकास्पद देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी हिरासतमा रहेका १९ वर्षीय विजय महराको बिहीबार वीरगन्जस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

तिमल्सिनाले स्वस्थ र हट्टाकट्टा महराको निधन अत्यन्त अप्रत्यासित र अस्वाभाविक रहेकाले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

मोरङ जिल्ला कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको पनि बिहीबार नै कोसी अस्पतालमा निधन भएको थियो।

तिमल्सिनाले भनेका छन्, ‘कारागारमा रहेका व्यक्तिको निधन झन् शंकास्पद छ। यसबारे राज्यले ठोस छानबिन गर्नुपर्छ।’

प्रकाशित: Aug 28, 2020| 11:25 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।