चितवन– कोरोना संक्रमणबाट चितवनमा आज थप एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको आज विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा सन्दिप पाण्डेले जानकारी दिए ।
उनका अनुसार ती पुरुष लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको डा पाण्डेले जानकारी दिए ।
भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की एक महिलाको पनि मृत्यु भएको थियो ।
यो सगैं चितवनमा कोरोना बाट मृत्यु हुनेको सख्यां ८ पुगेकोछ। जिल्ला भित्र कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।