शुक्रबार, भदौ १२, २०८३

सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

सिरहाको सुखीपुर नगरपालिका ८ का एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

सिरहा- सिरहाको सुखीपुर नगरपालिका ८ का एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।

६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

भदौ ८ गते उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थिया । रिपोर्ट आएको तीन दिनपछि उनको बिहीबार राति ७ बजेतिर धरानमै उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

यो सँगै धरानमा गएराति र आज बिहान गरेर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मात्रै झापा र मोरङका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित: Aug 28, 2020| 10:48 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।