सोमबार, असोज १५, २०८०

स्कुल खोल्न कस्तो छ प्रदेश–१ को तयारी

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन्।
 |  शुक्रबार, भदौ १२, २०७७
averest bankaverest bank

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, भदौ १२, २०७७

विराटनगर– महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन्। शैक्षिक गतिविधि ठप्प छ। लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाइ सञ्चालनका लागि तयारी सुरु गरेको छ।

sagarmatha cement

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशनअनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव संकलन गरेको छ।

मन्त्रालयले विद्यालयमा सिकाइ सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए। उनले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने बताए।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालयमाा पेश गरेको छ। मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालनको सुझाव दिएको छ।

त्यसअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिइएको छ। कक्षा सञ्चालन गर्नुपूर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाइनुपर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ।

सामाजिक विकास मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ। उसले जोर बिजोर विद्यार्थी (रोल नम्बरका आधारमा) जोरबिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ। स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टास्क टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिइएको छ। सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ।

मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

प्रदेश १ का १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टिन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा छन्। प्रदेश १ का ७ हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 28, 2020| 08:56 शुक्रबार, भदौ १२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

करिब १० हजार किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

करिब १० हजार किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन्। 
दाङमा डेंगुु संक्रमणबाट शिक्षकको मृत्यु

दाङमा डेंगुु संक्रमणबाट शिक्षकको मृत्यु

डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको हो।
गण्डकीमा ६० गर्भवती र सुत्केरीको हवाई उद्धार

गण्डकीमा ६० गर्भवती र सुत्केरीको हवाई उद्धार

हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन्।
डाक्टरलाई सुरक्षा दिन समिति गठन

डाक्टरलाई सुरक्षा दिन समिति गठन

स्वास्थ्यकर्मीमाथि दैनिक आक्रमण हुन थालेपछि मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको हो।