शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ।

झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय पुरुष र मोरंगको बेलबारी नगरपालिका ५ का ५६ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो। झापाका ८३ वर्षीय पुरुषलाई बीएण्डसी अस्पताल झापाले रिफर गरेको थियो।

अत्यधिक खोकी, श्वास फेर्न समस्या, ज्वरो आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपटि रिफर गरिएको थियो।

मृतक व्यक्तिमा मृगौलाको दिर्घकालीन समस्या भइ डायलासिस गर्नुपरेको, उच्च रक्तचाप, मधुमेह, अल्प रक्तकोशीका समस्या रहेको बुझिएको छ।

उनको शुक्रबार बिहान पौने चार बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

शवको व्यवस्थापन नियमानुसार गर्ने तयारी भइरहेको छ। यस्तै मोरंगकी ५६ वर्षीया महिलालाई कोशी अञ्चल अस्पतालले रिफर गरेको थियो।

उनमा पनि अत्यधिक खोकी, श्वास फेर्न समस्या, ज्वरो आएको र कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ ल्याइएको प्रतिष्ठानले जनाएको छ।

९ भदौमा संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएकी उनको पनि शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको हो।

 

प्रकाशित: Aug 28, 2020| 08:05 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।