शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा ७७ हजार संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो

भारतमा कोरोनाबाट एकै दिनमा ७७ हजार संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो

भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।

यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढि हो । यसअघि बुधबार ७५ हजार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा हेरक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।

पहिलो चरणको लकडाउन खोलेसँगै भारतमा संक्रमण र मृत्युदर उच्च भएको हो । पछिल्लाे समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ हजार ६५ जनाको मृत्यु भएको छ । बुधबार १ हजार १६ र मंगलबार १ हजार १७ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमण मृत्युदर सबैभन्दा बढि महाराष्ट्र राज्यमा रहेको छ । जहाँ अहिलेसम्म कोरोनाबाट ७ लाख ३३ हजार ५ सय ६८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ४४ को मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 28, 2020| 06:59 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।