शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको भ्याक्सिन छिटो र सस्तोमा हात पार्न ८ वटा दक्षिण अमेरिकी देशको हातेमालो

कोरोनाको भ्याक्सिन छिटो र सस्तोमा हात पार्न ८ वटा दक्षिण अमेरिकी देशको हातेमालो

विश्वका कैयौं देश कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन जुटिरहेका बेला दक्षिण अमेरिकाका ८ वटा देशहरु भने भ्याक्सिन कसरी छिटो र सस्तो मूल्यमा हात पार्ने भनेर लागिपरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– विश्वका कैयौं देश कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन जुटिरहेका बेला दक्षिण अमेरिकाका ८ वटा देशहरु भने भ्याक्सिन कसरी छिटो र सस्तो मूल्यमा हात पार्ने भनेर लागिपरेका छन्। ८ देशका राष्ट्राध्यक्ष तथा विदेशमन्त्रीहरुको भर्चुअल बैठकले सहकार्यका लागि समूह बनाएको हो।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनबारे सूचना आदानप्रदान गर्ने तथा भ्याक्सिन प्राप्त गर्ने कुरामा हातेमालो गर्न सबै देशहरु सहमत भएको बताइएको छ। भ्याक्सिनको लागि समन्वय गरेर काम गर्दा कैयौं फाइदा हुने भएकाले ती देश एकजुट भएका हुन्। यो नयाँ समूहमा चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरु, इक्वाडोर र गुयाना छन्।

चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले भने, ‘भ्याक्सिनका लागि एकसाथ कोसिस गर्नुका धेरै फाइदा छन्। खासगरी आवश्यक परेको संख्यामा र कम मूल्यमा भ्याक्सिन खरिद गर्न सजिलो हुन्छ।’ उनका अनुसार ८ वटा दक्षिण अमेरिकी देशहरुबीच बन्द रहेको सीमा खोल्ने विषयमा पनि सहमति जुटेको छ।
बीबीसी

विश्वका थुप्रै मुलुकका विश्वविद्यालय तथा कम्पनी कोरोनाको भ्याक्सिन बनाउन जुटेका छन्। र, कोरोनाबाट पीडित सबै मुलुकको कोसिस यो हुनेछ कि आफ्नो देशका नागरिकले चाँडो र कम मूल्यमा भ्याक्सिन प्राप्त गर्न सकुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाका लागि १५० वटा भ्याक्सिनमा काम भइरहेको छ। यीमध्ये २५ वटाको परीक्षण मानिसमा सुरु भइसकेको छ।

प्रकाशित: Aug 28, 2020| 06:34 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।