शुक्रबार, भदौ १२, २०८३

श्रीमती अस्पतालमा, श्रीमान् जेलमा

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

सप्तरी- श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ । जिल्ला अदालत सप्तरीको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ ।

श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई समग्र जनउत्थान केन्द्रका मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गराएका छन् । गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन् । आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परे ।

आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए। घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन् । घरदेखि पीडितको माइत दुई किलोमिटरको दुरीमा छ ।

आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।

“आपसी विवादका कारण भारतबाट एको दोस्रो दिन नै श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ”, प्रहरी निरीक्षक केशरीले भने, “घाइतेका बुवाले आगो लगाएको भनेर किटानी जाहेरी दिए पनि शुरुमा घाइतेले आफै जलेको भनेर कुरा लुकाउन खोजेकी थिइन् तर घरपरिवार र गाउँलेको दबाबमा आरोपित श्रीमानलाई जोगाउन खोजेकी रहिछिन् ।”

घटना भएलगत्तै प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको प्रहरी निरीक्षक केशरीले जानकारी दिए। सो अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पुर्याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराज आएको घाइतेका ससुरा हरी सदाले बताए।

खर्च अभावमा औषधी उपचार नै नगराइ घाइतेलाई घरमै राखेको अवस्थामा जानकारी पाएपछि घर नै पुगेर मनोविमर्श गरी लहानस्थित अस्पताल ल्याएको मनोविमर्शकर्ता रेणुले बताइन्। लहान अस्पतालले पनि उपचारका लागि उपयुक्त स्थान काठमाडौँ वा धरान लैजान सुझाए पनि केन्द्रको आग्रहमा केही दिनका लागि प्राथमिक उपचार गर्न तयार भएको समग्र जनउत्थान केन्द्रका निर्देशक देवराज पोखरेलले बताए।

केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरिरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन्।

प्रकाशित: Aug 28, 2020| 06:11 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।