शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ८७ वर्ष कैद सजाय सुनाइएका सहित ४ जना कुख्यात डाका पक्राउ

८७ वर्ष कैद सजाय सुनाइएका सहित ४ जना कुख्यात डाका पक्राउ

कैलालीमा कुख्यात डाकाको समूहलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- कैलालीमा कुख्यात डाकाको समूहलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

पक्राउ परेका ४ जनामध्ये एक जना जिल्ला अदालतबाट ८७ वर्ष कैद सजाय तोकिएका व्यक्ति पनि छन्। कैलाली प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली जोशीपुर घर भएका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी, ४९ वर्षिय भगत चौधरी उर्फ रोहिना, ३८ वर्षीय गुन सिंह कठरिया उर्फ कालु र भजनी नगरपालिका–६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी उर्फ डगौरा छन् ।

सो समूह एउटै डाँका समूह हो । एक जमानामा खुँखार डाँका कहलिएको थियो यो समूह। पक्राउ परेका मध्ये क्रमराज थापा उर्फ रोहगी र भगत चौधरी उर्फ रोहिनालाई प्रहरीले यसअघि पनि पक्राउ गरेर जेल पठाएको थियो।

उनीहरु ०६१ माघ २७ मा तत्कालिन बिद्रोही माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा भागेका थिए। क्रमराज उर्फ रोहगी डाँकाका पनि महा डाँका हुन् । उनले २०७५ सालमा करिव दुई महिनाको अवधिमा जोशीपुर गाउँपालिकाका विभिन्न वडा र बर्दगोरिया गाउँपालिकामा ८ ठाउँमा डाँका चोरी गरेको प्रहरीको रेकडैमा छ।

०५७ सालमा सो क्षेत्रमा डकैती साम्राज्य खडा गरेका उनलाई जिल्ला अदालत कैलालीले ८७ वर्ष कैद सजाय हुने फैसला गरेको छ । भगतलाई ६ वर्ष कैद सजाय, गुनसिंहलाई ४ वटा डाका मुद्दामा ३९ वर्ष कैद सजाय सुनाइएको छ।

उनी सुरुदेखि नै फरार थिए। यस्तै टिकारामलाई ५ वटा डाका मुद्दामा ३८ वर्ष कैद सजायको फैसला सुनाइएको छ। उनी पनि सुरुदेखि नै फरार थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक बिष्टले उनीहरुलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। चारै जनालाई बिहीबार नै कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

उनीहरु ६,७ जनाको समूहमा भरुवा बन्दुक, खुकुरी बोकेर रातभर डाकागिरी गर्ने र दिनभर मोजमस्ति गर्थे।

प्रकाशित: Aug 28, 2020| 05:39 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।