शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्ल्यूएचओका प्रतिनिधिले प्रधानमन्त्रीसँग भने, ‘संक्रमण तीव्र गतिमा बढ्यो, आइसोलेसन वार्ड बढाउनुस्’

डब्ल्यूएचओका प्रतिनिधिले प्रधानमन्त्रीसँग भने, ‘संक्रमण तीव्र गतिमा बढ्यो, आइसोलेसन वार्ड बढाउनुस्’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेकाले आइसोलेसन वार्ड संख्या बढाउन सुझाव दिएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेकाले आइसोलेसन वार्ड संख्या बढाउन सुझाव दिएको छ।

यस्तै डब्ल्यूएचओले नेपाल कोरोना संक्रमणका दृष्टिले चुनौतीपूर्ण अवस्थामा रहेकाले थप सजगता अपनाउन आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार साँझ भेट गरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपालस्थित प्रतिनिधि जोस भ्यान्डेलरले यस्तो सुझाव दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै भ्यान्डेलरले कोरोना संक्रमणको थप भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहार सूर्य थापाले जानकारी दिए।

भ्यान्डेलरले स्थानीय तहलाई बढी जवाफदेही र जिम्मेवार बनाउनुपर्ने, आइसोलेसन वार्ड संख्या बढाउनुपर्ने र भएकालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएको थापाले जानकारी दिए।

‘नागरिक आश्वस्त हुने खालको प्रबन्ध मिलाउनुपर्ने सुझाव दिनुभएको छ,’ थापाले भने। उनले नेपालले गरिरहेका प्रयासहरु सकारात्मक रहेको भन्दै नेपाल थप चुनौतीपूर्ण स्थितिमा बढिरहेको बताएका थिए।

आपूर्ति व्यवस्थाको नियमितता टुटन दिन नहुने र नागरिक स्तरमा सचेतना बढाउनुपर्ने सुझाव डब्ल्यूएचओको छ। भ्यान्डेलरले निषेधाज्ञाको मोडालिटी अझै व्यवस्थित बनाउन पनि सल्लाह दिएका छन्।

प्रकाशित: Aug 27, 2020| 20:53 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।