शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

बिहीबार साँझ पौने ७ बजे सिराह नगरपालिका १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले उपचारका लागि ल्याएका थिए। प्रतिष्ठानका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र २० वर्षअघि क्षयरोग भएपछि १८ महिना औषधि सेवन गरेको थिए।

६ भदौमा अस्पतालमा भर्ना गरिएका ती व्यक्तिमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालको वार्डमा सारिएको थियो। २ दिनदेखि अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ।

शवको व्यवस्थापन नियमानुसार गर्ने तयारी भइरहेको छ।

प्रकाशित: Aug 27, 2020| 20:42 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।